थाइ एयर एसियाले आजबाट बैंकक-भैरहवा नियमित उडान गर्दै, १८० सिट क्षमताको न्यारोबडीबाट सेवा दिने

147
Shares

काठमाडौं । थाइल्याण्डको बैंककबाट एयर एसियाले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजबाट पुन: नियमित उडान गर्दै छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापवाबु तिवारीका अनुसार यो वर्षको विन्टर सिजन लागेसँगै भैरहवामा पहिलो अन्तर्राष्ट्रिय उडान थाइ एयर एसियाले गर्ने भएको छ । यो वायुसेवा आज सवा १२ बजे भैरहवा आउने छ भने सवा १ बजे फर्कने छ ।

यो वायुसेवाले १८० सिट क्षमताको न्यारोबडी जहाजबाट उडान गर्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणबाट साताको २ उडानको अनुमति लिएको छ । यो वायुसेवाले हरेक आइतबार र बुधबार बैंकक-काठमाडौं-बैंकक उडान गर्दै छ ।

भैरहवाको लागि आजदेखि सुरु भएको विन्टर सिजनमा थाइ एयर एसियाले उडान गर्न चाहेको हो । यो वायुसेवाले एयरवसको ए३२० नामक १८० सिट क्षमताको न्यारोबडी जहाजबाट सातामा २ दिन उडान गर्ने गर्दै छ ।

यस अघि पनि उडान गरेर स्थागित गरेको थाइ एयर एसियाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्दै छन् । एसले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति सातामा २ उडान गर्ने गरी लिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार भैरहवामा उडान गर्न यस अघि केही समय सेवा दिएर उडान बन्द गरेको कुवेती वायुसेवा जजीरा एयरलाइन्सले पनि पुन: उडान सुरु गर्ने भएको छ । यो वायुसेवाले भने यही विन्टर सिजनको लागि उडान अनुमति लिने रुची देखाएको भएपनि तालिका भने स्वीकृत गराएको छैन् ।

विमानस्थल चलाउन प्रवर्द्धन गरिरहेको सरकारले भैरहवा र पोखरामा उडान गर्ने अन्तर्राष्ट्रिय उडानका वायुसेवालाई २५ प्रतिशत ग्राउण्ड ह्याण्डलिङमा लाग्ने शुल्क बाहेक निःशुल्क गरेको छ । काठमाडौं विमानस्थलको तुलनामा पोखरा र भैरहवामा प्रति उडान नै वायुसेवा कम्पनीलाई कम्तिमा ५ लाख फाइदा हुने भएपनि विविध समस्या देखाएर अन्तर्राष्ट्रिय उडानका वायुसेवा कम्पनीको चासो कम छ ।

भैरहवामा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले पनि यस अघि उडान गरेर बन्द गरेकै सेवा पुनः सुरु गर्ने भएको छ । निगमले आागमी विन्टर सिजनबाट साताको एक उडान भैहरवा गर्ने भएको छ । निगमले मलेसियाबाट हरेक मंगलबार भैरहवा ट्रान्जिट उडान गर्ने भएको छ ।

यस अघि पनि भैरवालाई ट्रान्जिट बनाएको निगमले यात्रु सेवामा भने उल्लेख्य योगदान दिन सकेन् । निगमले पछिल्लोपटक गत फागनु २०८१ मा काठमाडौं भैरहवा दुवई उडानमा जम्मा २ जना मात्रै यात्रुलाई सेवा दिएको थियो ।

त्यस अघि पनि निगमले मलेसियाबाट भैरहवा हुँदै काठमाडौं उडान गर्ने गरेको थियो । यस्तो उडानमा निगमले जेठ २०८१ मा मलेसियाबाट क्वालालम्पुरबाट भैरहवा हुँदे काठमाडौं गरेको उडानमा २३५ जना यात्रुले भैरहवा विमानस्थल प्रयोग गरेका थिए । यी यात्रुलाई सेवा दिँदा निगमले २४ लाख ७० हजार रुपैयाँ आम्दानीसमेत गरेको थियो ।

निगमले गत वर्ष २०८० को चैत र २०८१ को वैशाखमा भने ९२९ जाना यात्रुलाई भैरहवामा अवतरण गराएर सेवा दिएको थियो । निगमले क्वालालम्पुरबाट भैरहावमा आएका यात्रुबाट ९८ लाख ३१ हजार रुपैयाँ आम्दानीसमेत गरेको निगमले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

यस अघि एयर अरेविया र फ्लाई दुबइले भने यस अघि केही समय उडान गरेर बन्न गरेका छन् । ती वायुसेवाले पुन: उडान गर्न कुनै चासो देखाएका छैनन् ।