
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालले पार्टी सचिवालयबाट राजीनामा दिएकी छिन्।
गंगाले आफूलाई देखाएर निरन्तर बुवा प्रचण्ड र माओवादी केन्द्रमाथि योजनाबद्ध रूपमा प्रहार भइरहेको कारण राजीनामा दिएको बताएकी छिन्।
‘निरन्तर मलाई माध्यम बनाएर संयोजक प्रचण्ड र सिंगो पार्टीविरुद्ध योजनाबद्ध रूपमा प्रहार भइरहेको अवस्थाले गर्दा मैले सचिवालयबाट राजीनामा दिने निर्णय गरेकी हुँ,’ उनले भनेकी छन् ।
राजीनामासँगै पार्टीप्रति आफ्नो प्रतिबद्धता कायम रहने बताउँदै उनले थपेकी छिन्, ‘पार्टीको जिम्मेवार कार्यकर्ता भएकाले आजीवन रूपमा म पार्टीमा सक्रिय रहनेछु। सचिवालयमा रहेर साथ र सहयोग गर्ने सबै नेता, कार्यकर्ता तथा नागरिकप्रति म हार्दिक आभारी छु।’
त्यस्तै, आफ्ना बारेमा केही सञ्चारमाध्यमले भ्रामक समाचार प्रकाशित गरेको दाबी गर्दै उनले त्यसतर्फ ध्यानाकर्षण समेत गराएकी छिन्।







प्रतिक्रिया