गोडरेजको चाडपर्व अफरः साढे ३१ हजारको क्यास ब्याक सुविधासहित यस्ता छन् खरिदमा पाइने उपहार

56
Shares

काठमाडौं । चाडपर्वको अवसरमा गोडरेजले आफ्ना ग्राहकहरूका लागि आकर्षक अफर ल्याएको छ । ‘मनैदेखि वाव’ भन्ने नाराका साथ कम्पनीले विभिन्न घरायसी उपकरणहरू खरिदमा विशेष योजना घोषणा गरेको हो ।

कम्पनीका अनुसार, यस अफरअन्तर्गत ग्राहकहरूले ३१ हजार ५०० सम्मको नगद क्यासब्याक पाउनेछन् । साथै, प्रत्येक खरिदमा निश्चित उपहार प्रदान गरिनेछ ।

उपहार योजनाअन्तर्गत वाटर डिस्पेन्सर, फ्रन्ट लोड वाशिङ मेसिन, कपडा धुने पाउडर जस्ता उपहार प्रदान हुनेछ ।

त्यस्तै, एयर कनडिसनर खरिद गर्ने ग्राहकले निःशुल्क जडान सेवा पाउनेछन् । साथै, कम्पनीले देशभर निःशुल्क ढुवानी सेवा पनि उपलब्ध गराउने जनाएको छ ।

नेपालमा गोडरेज ब्रान्डका उत्पादनहरू वितरण गर्ने सीजी इलेक्ट्रोनिक्सले उक्त अफरमा सजिलो किस्ताबन्दी (ईएमआई), नागरिकता मात्र देखाएर खरिद गर्न सकिने सुविधा, र पुराना उपकरण साट्ने (एक्स–चेन्ज) योजना समेत उपलब्ध गराएको छ ।