
काठमाडौं । चाडपर्वको अवसरमा टीसीएलले आफ्ना ग्राहकहरूका लागि आकर्षक अफर घोषणा गरेको छ । कम्पनीले ‘हरेक क्षणमा महानता, प्रत्येक उत्सवमा प्रेरणा’ भन्ने नाराका साथ नेपालमा एलईडी, टेलिभिजन सहित विभिन्न घरायसी उपकरणहरु विशेष योजना ल्याएको छ ।
टीसीएलका उत्पादनहरू खरिद गर्ने ग्राहकहरूले २ लाख ८ हजार २०० सम्मको नगद क्यास ब्याक पाउन सक्नेछन् । यसका साथै कम्पनीले निश्चित उपहार योजना अन्तर्गत विभिन्न आकर्षक उपहारहरू प्रदान गर्ने जनाएको छ । वाटर डिस्पेन्सर, वाशिङ मेसिन खरिदमा ६ केजी एरियल कपडा धुने पाउडर, र हावा चलाउने यन्त्र (एयर कनडिसनर) खरिदमा निःशुल्क जडान सेवा उपलब्ध हुनेछन् ।
त्यस्तै, ४३ इन्च वा सोभन्दा ठूला टेलिभिजनहरू खरिद गर्ने ग्राहकले ९ महिनासम्मको नेट टिभी सदस्यता निःशुल्क प्राप्त गर्नेछन् ।
नेपालमा टीसीएल ब्रान्ड वितरण गर्ने सीजी इलेक्ट्रोनिक्स काअनुसार, उक्त अफरमा सजिलो किस्ताबन्दी (ईएमआई), नागरिकता मात्र देखाएर खरिद गर्न सकिने सुविधा, र पुराना उपकरण साटेर नयाँ पाउने (एक्स–चेन्ज) योजना समेत समावेश छन् ।







प्रतिक्रिया