
काठमाडौं । नेपाली सेनाले जेनजी आन्दोलनका क्रममा ६१ जना भीआईपी व्यक्तिको हवाई उद्धार गरिएको जनाएको छ ।
सेनाले शुक्रबार पत्रकार सम्मेलन गरेर गत भदौ २३ गतेको आन्दोलन र त्यसपछि भोलिपल्टका घटनाक्रमबारे जानकारी दिँदै यस्तो तथ्य सार्वजनिक गरेको हो ।
सेनाका अनुसार, नेपाल प्रहरीका २३ कर्मचारीलाई समेत हवाईमार्गबाट उद्धार गरिएको थियो भने जमिनमार्गबाट १२९ जनालाई सुरक्षित स्थानमा पुर्याइएको थियो ।
सेनाका युद्धकार्य निर्देशक अनुपजंग थापाले पत्रकार सम्मेलनमा सेनाको मुख्य प्राथमिकता जनधनको सुरक्षा र राष्ट्रिय एकता रहेको बताए ।
उनका अनुसार, भदौ २४ गतेको घटनामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहालसहित शीर्ष नेताहरू, उनीहरूको परिवार तथा मन्त्रीहरूलाई सेनाले उद्धार गरी सुरक्षित स्थलमा पुर्याएको थियो ।
जेन-जी आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिका कारण कूल ७६ जनाको मृत्यु भएको सेनाले जनाएको छ।








प्रतिक्रिया