सानिमा बैंकका ग्राहकलाई चाडपर्व विशेष योजना

63
Shares

काठमाडौं । सानिमा बैंकले तिहार र छठपर्वको अवसरमा आफ्ना ग्राहकहरुका लागि विभिन्न मर्चेन्टहरुमा क्यास व्याक तथा छुटको व्यवस्था गरेको छ ।

योजना अवधिभर ग्राहकहरुले साझेदार मर्चेन्टहरुबाट मिठाई खरिद गरी सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम् २०० सयसम्मको क्यासब्याक र थप १० प्रतिशत सम्मको छुट प्राप्तगर्न सकिने छ ।

ग्राहकहरुले पूजा स्वीट्स चाट हाउस (न्युरोड, काठमाडौंं), बर्फी स्वीट्स (बालुवाटार, न्युरोड, कुमारीपाटी), हिमालयन स्वीट्स एण्ड बेकरी (हेटौडा) र आँगन स्वीट्स (चिप्लेढुङ्गा र सृजनाचोक, पोखरा) मा गएर यो योजनाबाट लाभ लिन सक्नेछन् ।

यो योजना कार्तिक १ देखि १० गते सम्म १० दिनका लागि लागू हुनेछ ।