उड्डयन प्राधिकरणको भवनबाट जिल्ला अदालतले सेवा सुरु गर्ने तयारी, बोर्ड बैठकबाट निर्णय हुँदै

91
Shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको ववरमहलको भवनबाट जिल्ला अदालतले सेवा सञ्चालन गर्ने गरी तयारी भएको छ । प्राधिकरणको भवन जिल्ला अदालतलाई प्रयोग गर्न दिने सम्बन्धमा आज विहीबार साढे ११ बजे उड्डयन प्राधिकरणको सञ्चालक समितिको बैठक बोलाइएको छ ।

प्राधिकरण सञ्चालक समितिको अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुने व्यवस्था छ । हाल पर्यटन मन्त्रीको जिम्मेवारी प्रधानमन्त्री सुशीला कार्कीले नै लिएकीले उनकै अध्यक्षतामा प्राधिकरणको बोर्ड बैठक बस्ने छ ।

प्राधिकरणको बोर्ड बैठकबाट जिल्ला अदालतले माग गरेको प्राधिकरणको केही कोठा प्रयोग गर्न दिने प्रस्तावमाथि छफलफ गरेर उचित निर्णय हुने प्राधिकरणका एक उच्च अधिकारीले जानकारी दिएका छन् ।

प्राधिकरणसँगै जोडिएको जिल्ला अदालत जेनजी आन्दोलनबाट ध्वस्त भएपछि उपयुक्त ठाउँको खोजीमा जिल्ला अदालत छ ।
त्यसो त प्राधिकरणको भनवनमा पनि आगजनी भएको छ ।

प्राधिकरणको भवनको केही कोठाहरु प्रयोग गर्न सकिने अवस्थामा रहेकोले त्यसैलाई तत्काल उपयोग गर्न दिने सकिने पनि प्राधिकरणको भनाइ छ । जिल्ला अदालतले भने प्राधिकररणको उक्त भवन र सो क्षेत्र यस अघि नै मागेको थियो ।

जिल्ला अदालतले प्राधिरकणको भवन प्रयोग गर्न दिँदा फिर्ता नआउ र प्राधिकरणलाई नियामक र सेवाप्रदायक गरी दुई वटा निकाय बनाउने तयारी भइरहेका बेला त्यहाँ भव्य नयाँ भवनको तयारी प्राधिकरण छ ।

प्राधिकरणको जग्गा सरकारी भएकोले सरकारले जसलाई भोगाधिकार हुन्छ उसैले प्रयोग गर्न सक्ने तर्क पनि प्राधिकरणका अधिकारीको छ ।