ट्रम्पदेखि निकोलास मदुरोलाई समेत हिस्स बनाएको नोबेल पुरस्कार, यी हुन् १४ विजेता (भिडियो)

84
Shares

काठमाडौं । ट्रम्पदेखि निकोलास मदुरोलाई समेत हिस्स बनाएको नोबेल पुरस्कार । यसपाली १४ जना गन्यमान्य व्यक्तित्वले पाए ।

मानव जातिका लागि उच्चतम लाभ हुने काम गरेका व्यक्तिलाई मात्र दिइने नोबेल पुरस्कार यस वर्ष १४ जनालाई दिने घोषणा भएको छ । प्रत्येक वर्ष ६ विधाका व्यक्तिलाई यो पुरस्कार दिइँदै आएको छ । यसपाली पनि भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्साशास्त्र, अर्थशास्त्र, साहित्य र शान्ति गरी ६ विधाका १४ व्यक्तिलाई पुरस्कार प्रदान गरिँदैछ ।

स्विडिस रोयल एकेडेमी अफ साइन्सेसले अल्फ्रेड नोबेलको सम्झनामा दिने गरेको यो पुरस्कार पाउने योग्य व्यक्तिहरु को हुन् जसले मानव जातिको हितमा काम गरे ? आउनुस् यसबारे जानकारी लिऔं ।

नोबेल शान्ति पुरस्कार

यस वर्षको नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी नेत्री मारिया कोरिना माचाडोलाई दिने घोषणा गरिएको छ । तर विपक्षी नेत्री मारिया कोरिना माचाडोलाई नर्वेस्थित नोबेल पुरस्कार समितिले शान्ति पुरस्कार दिएपछि भेनेजुएलाले भने नर्वेमा रहेको आफ्नो दूतावास नै बन्द गर्ने घोषणा गरेको छ ।

माचाडोले पाएको पुरस्कारको विषयमा टिप्पणी नै नगरी भेनेजुएला सरकार उनीमाथी खनिएको छ । माचाडोलाई भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले ‘राक्षसी बोक्सी’ भनी अपमानित पनि गरेका छन् । उता अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प पनि सातवटा युद्ध रोकेको भन्दै नोबेल शान्ति पुरस्कारको आशा गरिरहेका थिए तर नोबेल समितिले मारियालाई योग्य ठहर गरेपछि ट्रम्प हिस्स बनेका छन् ।

मारिया कोरिना माचादो जो हालको लाटिन अमेरिकामा देखिएको नागरिक साहसको सबैभन्दा उल्लेखनीय उदाहरणमध्ये एक हुन् । उनि भेनेजुएलामा लोकतन्त्र आन्दोलनकी नेताका रूपमा रहेकी छन् । माचादोले पहिले धेरै विभाजित रहेको राजनीतिक विपक्षलाई एकजुट बनाउँदै साझा उद्देश्य-स्वतन्त्र र निष्पक्ष चुनाव तथा जनप्रतिनिधिमूलक शासन-को मागमा ल्याएकी छिन । भेनेजुएला पहिले लोकतान्त्रिक र समृद्ध देश थियो, तर अहिले यो कठोर अधिनायकवादी शासनमा परिणत भएको छ, जसले मानवीय र आर्थिक सङ्कट झेलेको छ ।

अधिकांश जनताले गरिबीको गहिरो खाडलमा जीवन बिताइरहेका छन, उता सत्ताको शीर्षमा रहेका थोरै मानिसहरू भने धनी बन्दै गएका छन् । राज्यको हिंसात्मक संयन्त्र आफ्नै नागरिकविरुद्ध प्रयोग भइरहेको छ । जसका कारण करिब ८० लाख मानिस देश छोडी भइसकेका छन् ।

माचादोले न्यायपालिकाको स्वतन्त्रता, मानव अधिकार र जनप्रतिनिधित्वका लागि आवाज उठाउँदै आएकी छिन् । उनले भेनेजुएलाका जनताको स्वतन्त्रताका लागि वर्षौंदेखि संघर्ष गरेकी छिन् । माचादोले भेनेजुएलाका जनताको लोकतान्त्रिक अधिकारका लागि लगातार गरेको संघर्ष र तानाशाहीबाट लोकतन्त्रमा न्यायपूर्ण र शान्तिपूर्ण रूपान्तरणका लागि गरेको प्रयत्नको उच्च प्रशंसा गरिएको छ ।

मारिया कोरिना माचादोले नोबेल पुरस्कारका लागि अल्फ्रेड नोबेलले तोकेका सबै तीन मापदण्ड पूरा गरेकी छिन् । उनले आफ्ना विपक्षीहरूलाई एकजुट पारिन्, भेनेजुएलाको सैन्यकरणको विरोधमा कहिल्यै पछि हटिनन्, र शान्तिपूर्ण रूपमा लोकतन्त्रमा रूपान्तरणका लागि दृढ रहिन् । जसको परिणाम नी नोबेल पुरस्कारको हकदार बनिन् । तर यतिबेला भेनेजुएलामै नको विरोध भएको छ ।

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार
यसपाली अर्थशास्त्रतर्फको नोबेल पुरस्कार नवप्रवर्तनबाट प्रेरित आर्थिक वृद्धिको व्याख्या गर्ने तीन अर्थशास्त्रीलाई दिने निर्णय भएको छ । ती तिन व्यक्त्ति जोएल मोकिर, फिलिप एजियन र पिटर हाविट हुन् ।

यस पुरस्कारको आधा हिस्सा जोएल मोकिरलाई “प्रविधिक प्रगतिमार्फत दिगो वृद्धिका लागि आवश्यक आधारहरू पहिचान गरेको” योगदानका लागि दिइनेछ र बाँकी आधा फिलिप एजियन र पिटर हाविटलाई संयुक्त रूपमा “सृजनात्मक विनाशमार्फत दिगो वृद्धिको सिद्धान्त विकास गरेको” उपलब्धिका लागि दिइनेछ ।

गत दुई शताब्दीदेखि इतिहासमै पहिलोपटक संसारले निरन्तर आर्थिक वृद्धि देखेको छ । यसले करोडौं मानिसलाई गरिबीबाट उकासेको छ र आधुनिक समृद्धिको जग बसाएको छ ।

यस वर्षका नोबेल पुरस्कार विजेताहरू – जोएल मोकिर, फिलिप एजियन र पिटर हाविट – ले नवप्रवर्तनले कसरी निरन्तर प्रगतिलाई ऊर्जा दिन्छ भन्ने व्याख्या गरेका छन् । नयाँ प्रविधिले कसरी दीर्घकालीन आर्थिक वृद्धिलाई अगाडि बढाउँछ भनी पुरस्कार यी विजेताहरूले देखाएका छन् ।

साहित्यतर्फको नोबेल पुरस्कार
साहित्यतर्फको नोबेल पुरस्कार भने हंगेरीका लेखक लास्लो क्रास्नाहोर्काइलाई दिने घोषणा गरिएको छ ।
“उनको गहिरो, कल्पनाशील र द्रष्टाभावयुक्त कृतिहरू जसले प्रलयको डरबीच पनि कलाको शक्तिलाई पुनः पुष्टि गर्छ,” भन्दै क्रास्नाहोर्काइलाई नोबेल समितिले नोबेल पुरस्कार दिने घोषणा गरेको भनेको छ ।

लेखक लास्लो क्रास्नाहोर्काईको जन्म सन् १९५४ मा हंगेरीको दक्षिणपूर्वी सानो सहर ग्युलामा, रोमानियाको सीमासमिप भएको ठाउँमा भएको थियो । यस्तै टाढाको ग्रामीण इलाकामा आधारित छ क्रास्नाहोर्काईको पहिलो उपन्यास ‘सातानतांगो’ ९१९८५०, जसले हंगेरीमा ठूलो साहित्यिक हलचल ल्यायो र उनलाई एकाएक प्रसिद्ध लेखक बनायो ।

उनको अर्को उपन्यास ‘वार एन्ड वार’ मा क्रास्नाहोर्काईले आफ्नो देशको सीमाभन्दा बाहिर दृष्टि केन्द्रित गरेका छन् । यसमा विनम्र अभिलेखपाल कोरिन आफ्नो जीवनको अन्तिम कर्मको रूपमा बुडापेस्टको परिधिबाट न्युयोर्कसम्म पुग्ने निर्णय गर्छ – ताकि ऊ एकछिनका लागि भए पनि “संसारको केन्द्र” मा उपस्थित हुन सकोस् । यस पुस्तकसम्म आइपुग्दा क्रास्नाहोर्काईको लेखन शैली विकसित भइसकेको छ र अहिले उनको पहिचान सिग्नेचर बनेको छ ।

रसायनशास्त्रतर्फको नोबेल पुरस्कार
रसायनशास्त्रतर्फको यसबर्षको नोबेल पुरस्कार मेटल अर्गानिक फ्रेमवर्कमा काम गर्ने तीनजना वैज्ञानिकलाई दिइने घोयाणा गरिको ति वैज्ञानिक हुन् सुसुमु कितागावा, रिचार्ड रबसन र ओमार एम यागी । उनिहरुले मेटल अर्गानिक फ्रेमवर्कको विकासमा योगदान गरेका छन् ।

सन् २०२५ को रसायनशास्त्र नोबेल पुरस्कार विजेताहरूले ग्यास र अन्य रसायनहरू बग्न सक्ने आणविक संरचना तयार गरेका छन् । यी संरचनाहरूलाई मेटल–अर्गानिक फ्रेमवक्र्स (एमओएफ) भनिन्छ ।

यस्ता फ्रेमवर्कहरू मरुभूमिको हावाबाट पानी संकलन गर्न, कार्बनडाइअक्साइड कब्जा गर्न, विषाक्त ग्यासहरू भण्डारण गर्न वा रासायनिक प्रतिक्रियाहरूलाई तीव्र बनाउन प्रयोग गर्न सकिन्छ । किटागावा, रोब्सन र यागीले आणविक वास्तुकलामा नयाँ प्रकार विकास गरेका छन् ।

भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार क्वान्टममा काम गर्ने तीन वैज्ञानिकलाई दिने घोषणा भएको छ । जसले विद्युतीय सर्किटमा म्याक्रोस्कोपिक क्वान्टम मेकानिकल टनलिङ र ऊर्जा क्वान्टाइजेशन पत्ता लगाउने काम गरेका छन् । उनिहरु हुन् जोन क्लार्क, मिशेल डेभोरे र जोन मार्टिनिस । उनिहरुलाई संयुक्त रूपमा नोबेल पुरस्कार दिइने भएको हो ।

म्याक्रोस्कोपिक स्तरमा क्वान्टम टनलिङ कसरी देखिन्छ भनी यी वैज्ञानिकहरूले परीक्षण गरेका थिए । उनीहरूले सुपरकन्डक्टिङ इलेक्ट्रिक सर्किट उपयोग गरी परीक्षण गरेका थिए ।

चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार
चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार रोगप्रतिरोधक क्षमतामा काम गर्ने वैज्ञानिकहरू मेरी ई ब्रुनकाउ, फ्रेड राम्सडेल र शिमोन साकागुचीलाई दिइने घोषणा गरिएको छ ।

शरीरको रोगप्रतिरोधक क्षमताका विषयमा अनुसन्धान गरिरहेका यी तीनजना वैज्ञानिकहरूलाई पेरिफेरल इम्युन टोलरेन्सका विषयमा गरेको खोजका लागि नोबेल पुरस्कार दिइने भएको हो ।