भैरहवा र पोखरा चलाउने प्रयास

थाइ एयर एसियाले कात्तिक ९ देखि भैरहवामा नियमित उडान गर्ने, नेपाल एयरलाइन्स र जजीराको चासो

126
Shares

काठमाडौं । भैरहवा र पोखरा विमानस्थल चलाउन आगामी विन्टर सिजनका लागि फेरि प्रयास हुने भएको छ । यो वायुसेवाले हरेक आइतबार र बुधबार थाइल्याण्डको राजधानी बैंकबाट सिधै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने भएको छ ।

यो वायुसेवाले एयरवसको ए३२० नामक १८० सिट क्षमताको न्यारोबडी जहाजबाट सातामा २ दिन उडान गर्ने भएको छ । थाइ एयर एयिसा दिनको सवा १२ बजे भैरहवा आइपुग्ने र सोही दिन सवा १ मा फर्कने गरी उडान अनुमति लिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।

यस अघि पनि उडान गरेर स्थातिग गरेको थाइ एयर एसिया, जजीरा, नेपाल एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्दै छन् । भैरहवामा ९ कात्तिक (२६ अक्टोवर)बाट सुरु हुने विन्टर सिजनको पहिलो दिनदेखि नै अन्तर्राष्ट्रिय उडान गर्न थाइ एयर एसियाले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति नै लिइसकेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार भैरहवामा उडान गर्न यस अघि केही समय सेवा दिएर उडान बन्द गरेको कुवेती वायुसेवा जजीरा एयरलाइन्सले पनि पुन: उडान सुरु गर्ने भएको छ । यो वायुसेवाले भने आगामी विन्टर सिजनलको लागि उडान अनुमति लिइनसकेको भएपनि रुची भने देखाएको छ ।

भैरहवा र पोखरामा उडान गर्ने अन्तर्राष्ट्रिय उडानका वायुसेवालाई २५ प्रतिशत ग्राउण्ड ह्याण्डलिङमा लाग्ने शुल्क बाहेक निःशुल्क छ । काठमाडौं विमानस्थलको तुलनामा पोखरा र भैरहवामा प्रति उडान नै वायुसेवा कम्पनीलाई कम्तिमा ५ लाख फाइदा हुने भएपनि विविध समस्या देखाएर अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन् ।

भैरहवामा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले पनि यस अघि उडान गरेर बन्द गरेकै सेवा पुनः सुरु गर्ने भएको छ । निगमले आागमी विन्टर सिजनबाट साताको एक उडान भैहरवा गर्ने भएको छ । निगमले मलेसियाबाट हरेक मंगलबार भैरहवा ट्रान्जिट उडान गर्ने भएको छ ।

यस अघि पनि भैरवालाई ट्रान्जिट बनाएको निगमले यात्रु सेवामा भने उल्लेख्य योगदान दिन सकेन् । निगमले पछिल्लोपटक गत फागनु २०८१ मा काठमाडौं भैरहवा दुवई उडानमा जम्मा २ जना मात्रै यात्रुलाई सेवा दिएको थियो ।

त्यस अघि पनि निगमले मलेसियाबाट भैरहवा हुँदै काठमाडौं उडान गर्ने गरेको थियो । यस्तो उडानमा निगमले जेठ २०८१ मा मलेसियाबाट क्वालालम्पुरबाट भैरहवा हुँदे काठमाडौं गरेको उडानमा २३५ जना यात्रुले भैरहवा विमानस्थल प्रयोग गरेका थिए । यी यात्रुलाई सेवा दिँदा निगमले २४ लाख ७० हजार रुपैयाँ आम्दानीसमेत गरेको थियो ।

निगमले गत वर्ष २०८० को चैत र २०८१ को वैशाखमा भने ९२९ जाना यात्रुलाई भैरहवामा अवतरण गराएर सेवा दिएको थियो । निगमले क्वालालम्पुरबाट भैरहावमा आएका यात्रुबाट ९८ लाख ३१ हजार रुपैयाँ आम्दानीसमेत गरेको निगमले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

पोखरामा भने हिमालय एयरलाइन्सको ल्हासाबाट हरेक मंगलबार उडान गरिरहेको छ । हिमालयले गत चैत १८ देखि गरिरहेको हरेक मंगलबारको उडानलाई निरन्तरता दिइरहेको छ ।

एयर अरेवियार र फ्लाई दुबइले भने यस अघि केही समय उडान गरेर बन्न गरेका छन् । ती वायुसेवाले पुन: उडान गर्न कुनै चासो देखाएका छैनन् ।