सुनसरीमा गोली हानेर सिटी सफारी चालकको हत्या

273
Shares

विराटनगर । सुनसरीको रामधुनीमा सिटी सफारीका चालकको गोली हानी हत्या गरिएको छ ।

मोटरसाइकलमा सवार तीन जनाले सफारी चालकलाई गोली हानेका हुन । गोली लागेर सफारीमा रहेका चालकको घटनास्थलमै मृत्यु भएको हो ।

सुनसरीका प्रहरी प्रमुख केशवकुमार थेवेले सफारी चालकको छातीमा चोट देखिएको बताए । उनले गोली हानिएको विषयमा चाहिँ अनुसन्धान भइरहेको बताए । मृतक रामधुनी वडा नम्बर ३ शिवनगरमा सफारी चालक रहेको स्थानीयले बताए ।

सफारी चालकको पहिचान खुलेको छैन । बाइकमा सवार तीनजनाको समूहले गोली हानी फरार रहेको र खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।

मृतक स्थानीय दिनेश चौधरी रहेको स्थानीयले बताएका छन् ।