भैरहवाबाट थाई एयर एसियाले पुनः उडान गर्ने, विमानस्थल सञ्चालन हुने आशमा निजी क्षेत्रबाट एक खर्ब रुपैयाँको लगानी

168
Shares

भैरहवा । करिब छ महिनादेखि अन्तर्राष्ट्रिय उडानविहीन बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट पुनः नियमित उडान सुरु हुने भएको छ ।

थाई एयर एसियाले यही असोज २६ (अक्टोबर १२) देखि भैरहवा–थाइल्यान्डबिच अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने तयारी गरेको हो ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार थाई एयर एसियालाई सातामा दुई वटा उडानका लागि अनुमति दिइसकिएको छ ।

‘थाई एयर एसियाले असोज २६ देखि साताको दुई उडान गर्ने गरी अनुमति लिएको छ,’ तिवारीले भने, ‘जजिरा एयरवेजलगायत अन्य कम्पनी पनि तयारी चरणमा छन् । जजिराले तिहारपछि उडान सुरु गर्ने योजना बनाएको छ ।’

गत अप्रिलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका क्रममा भैरहवाबाट चार वटा विदेशी विमान कम्पनीले अस्थायी रूपमा उडान सञ्चालन गरेका थिए ।

सो समयमा एक महिनासम्म सातामा २० वटासम्म उडान भइरहेका थिए तर त्यसयता नियमित उडान बन्द भएका कारण अहिले केही चार्टर उडान मात्र भएका छन् ।

२०७९ जेठ २ गते २५६६ औँ बुद्धजयन्तीका अवसरमा औपचारिक उद्घाटन भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रारम्भिक चरणमा नेपाल एयरलाइन्स, फ्लाई दुबई, जजिरा एयरवेज, थाइ एयर एसिया र हिमालय एयरलाइन्सले व्यावसायिक उडान गरेका थिए ।

नियमित उडान निरन्तर नहुँदा भैरहवा र आसपासका होटेल तथा पर्यटन व्यवसायी प्रभावित बनेका छन् ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्र आचार्यका अनुसार विमानस्थल सञ्चालन हुने आशामा निजी क्षेत्रले करिब एक खर्ब रुपियाँ बराबरको लगानी गरेको थियो । उडान ठप्प भएपछि धेरै व्यवसायी ऋणको किस्ता र ब्याज तिर्न नसकी सङ्कटमा परेका छन् ।

आचार्यले भने, ‘केही व्यवसायीले तारे होटेल बिक्री गरिसकेका छन् भने कतिपय निर्माणाधीन होटेल बिचमै रोकिएका छन् ।’ करिब छ महिनादेखि अन्तर्राष्ट्रिय उडानविहीन बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट पुनः नियमित उडान सुरु हुने भएको छ ।

थाई एयर एसियाले यही असोज २६ ९अक्टोबर १२० देखि भैरहवा–थाइल्यान्डबिच अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने तयारी गरेको हो ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार थाई एयर एसियालाई सातामा दुई वटा उडानका लागि अनुमति दिइसकिएको छ ।

‘थाई एयर एसियाले असोज २६ देखि साताको दुई उडान गर्ने गरी अनुमति लिएको छ,’ तिवारीले भने, ‘जजिरा एयरवेजलगायत अन्य कम्पनी पनि तयारी चरणमा छन् । जजिराले तिहारपछि उडान सुरु गर्ने योजना बनाएको छ ।’

गत अप्रिलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका क्रममा भैरहवाबाट चार वटा विदेशी विमान कम्पनीले अस्थायी रूपमा उडान सञ्चालन गरेका थिए ।

सो समयमा एक महिनासम्म सातामा २० वटासम्म उडान भइरहेका थिए तर त्यसयता नियमित उडान बन्द भएका कारण अहिले केही चार्टर उडान मात्र भएका छन् ।

२०७९ जेठ २ गते २५६६ औँ बुद्धजयन्तीका अवसरमा औपचारिक उद्घाटन भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रारम्भिक चरणमा नेपाल एयरलाइन्स, फ्लाई दुबई, जजिरा एयरवेज, थाइ एयर एसिया र हिमालय एयरलाइन्सले व्यावसायिक उडान गरेका थिए ।

नियमित उडान निरन्तर नहुँदा भैरहवा र आसपासका होटेल तथा पर्यटन व्यवसायी प्रभावित बनेका छन् ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्र आचार्यका अनुसार विमानस्थल सञ्चालन हुने आशामा निजी क्षेत्रले करिब एक खर्ब रुपियाँ बराबरको लगानी गरेको थियो । उडान ठप्प भएपछि धेरै व्यवसायी ऋणको किस्ता र ब्याज तिर्न नसकी सङ्कटमा परेका छन् ।

आचार्यले भने, ‘केही व्यवसायीले तारे होटेल बिक्री गरिसकेका छन् भने कतिपय निर्माणाधीन होटेल बिचमै रोकिएका छन् ।’