राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठक: प्रधानमन्त्रीसहित कांग्रेस-एमालेबाट को को सहभागी ?

2.3k
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलीय बैठक शीतल निवासमा बसिरहेको छ । फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधि सभा निर्वाचन तथा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न बैठक बोलाइएको हो ।

बैठकमा प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू तथा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी छन् ।

नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन सहभागी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यवाहक सभापति डिपी अर्याल र सहमहामन्त्री विपिनकुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मिना लामा, नेकपा (एकीकृत समाजवादी)बाट वरिष्ठ नेता राजेन्द्र पाण्डे र महासचिव घनश्याम (धनश्याम) भुसाल बैठकमा उपस्थित छन् ।

त्यस्तै जनता समाजवादी पार्टीबाट रेणु यादव, जसपा नेपालबाट विद्युत बज्रचार्य र प्रकाश अधिकारी, जनमत पार्टीबाट अध्यक्ष सिके राउत र डा. जयकुमार राउत, लोकतान्त्रिक समाजवादी पार्टीबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी, र नेपाल मजदुर किसान पार्टीबाट सुनिलकुमार प्रजापति सहभागी छन् ।

सरकारले फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा गरिसकेको र निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरिसकेको अवस्थामा दलहरूबीच संवाद नहुँदा राष्ट्रपति पौडेलले यस्तो बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार राष्ट्रपति पौडेललाई भेट गरी सर्वदलीय बैठक राख्न आग्रह गरेकी थिइन् । राष्ट्रपतिले अबको छलफलले निर्वाचनको वातावरण निर्माणमा सहमति जुटाउने अपेक्षा गरिएको छ ।