क्यासिनोले विदेशी मुद्रा कारोबार गर्न अब राष्ट्र बैंकबाट इजाजत पत्र लिनुपर्ने, कति लाग्छ शुल्क ?

56
Shares

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका क्यासिनोले अब विदेशी मुद्रा कारोबार गर्न राष्ट्र बैैकबाट इजाजतपत्र लिनुपर्ने भएको छ । यस अघि पर्यटन मन्त्रालयले विदेशी मुद्रा कारोवार गर्न स्वीकृति दिएको आधारमा हुने यस्तो कारोबारको लागि भने अब इजाजतपत्र नै लिनुपर्ने भएको छ ।

राष्ट्र बैंकले क्यासिनोलाई विदेशी विनिमयको कारोबार गर्न इजाजतपत्र प्रदान गर्ने सम्बन्धमा ूनेपाल राष्ट्र बैंक विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ू को परिच्छेद ४ मा गरेको व्यवस्था अनुसार इजाजतपत्र लिनुपर्ने भएको हो ।

राष्ट्र बैंकको सञ्चालक समितिको २०८० मंसिर १२ को बैठकले गरेको व्यवस्था अनुसार उक्त विनियिमावली अनुसार क्यासिनोलाई विदेशी मुद्राको कारोबारमा इजाजत लिनुपर्ने व्यवस्था भएको हो ।

राष्ट्र बैंकले विदेशी विनिमय ९नियमित गर्ने० ऐन, २०१९ को दफा ३ बमोजिम यस बैंकबाट इजाजतपत्र लिएर विदेशी विनिमयको कारोबार गर्नुपर्ने व्यवस्था विद्यमान रहेको छ । सोही व्यवस्था बमोजिम विदेशी विनिमयको इजाजतपत्र प्रदान गर्ने सम्बन्धमा संस्थाहरूको प्रकृति अनुसार यस बैंकले विभिन्न विनियमावलीहरू समेत जारी गरेको छ ।

ऐनको उल्लिखित व्यवस्था बमोजिम क्यासिनो लगायतका संस्थाहरूले यस बैंकबाट इजाजतपत्र लिएर मात्र विदेशी विनिमय ९भारतीय मुद्रा समेत० को कारोबार गर्नु र गराउनु हुन विदेशी विनिमय ९नियमित गर्ने० ऐन, २०१९ को दफा १२ अनुसार क्यासिनोको लागि राष्ट्र बैंकले उक्त व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले यस्तो इजाजतपत्रको लागि लिने शुल्कमा बैंक तथा वित्तीय संस्थाबाहेकलाई न्यून शुल्कको व्यवस्था गरेको छ । यस्तो शुल्कमा डिपार्टमेण्टल स्टोर र सुपर मार्केट, एयरलाइन्स र तीन तारे तथा सोभन्दा माथिल्लो स्तरका होटलले विदेशी मुद्राको कारोबार गर्ने इजाजतपत्र प्राप्त गर्न प्रत्येक कारोबार स्थानका लागि प्रति वर्ष चार हजार रूपैयाँका दरले शुल्क लाग्ने व्यवस्था गरेको छ ।

अन्य जुनसुकै होटल, रिसोर्ट, फर्म, कम्पनी वा संस्था एवम् सरकारी निकायले प्रत्येक स्थानका लागि प्रति वर्ष दुई हजार रूपैयाँका दरले इजाजतपत्रको शुल्क एकमुष्ट रुपमा राष्ट्र बैंकमा बुझाउनु पर्नेछ व्यवस्था छ । यही व्यवस्थाभित्र क्यासिनोसमेत पर्ने भएको छ ।