माइतीघरमा प्रदर्शन गर्न गएका डा निकोलस भुसाल पक्राउ (तस्बिरहरू)

98
Shares

काठमाडौं । काठमाडौंको माइतीघरबाट प्रहरीले डा निकोलस भुसाल लगायतलाई नियन्त्रणमा लिएको छ । प्रहरीले माइतीघरबाट प्रदर्शनमा उत्रिएका तीन जनालाई नियन्त्रणमा लिएको हो ।

माइतीघरदेखि नयाँ बानेश्वर आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

ती क्षेत्रमा अहिले ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोलीहरू परिचालन गरिएको छ।

जेन–जी समूहले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध प्रहरीमा जाहेरी दर्ता गराएका छन् भने एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियुले पनि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र जेन–जीका अगुवा सुदन गुरुङविरुद्ध जाहेरी दिएको थियो । पछिल्लो घटनाक्रमपछि सुरक्षा संवेदनशीलता बढेको प्रहरी निष्कर्ष छ ।

जेन–जी समूहले दिएको जाहेरी प्रहरीमार्फत उच्चस्तरीय जाँचबुझ आयोगमा पठाइएको छ भने बालेन र सुदनविरुद्धको जाहेरी पनि आयोगमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

एक पक्षले अर्को पक्षविरुद्ध जाहेरी दर्ता गर्ने र माइतीघर क्षेत्रमा टाँगिएका ब्यानर हटाएर नयाँ ब्यानर राख्ने प्रयास भएपछि उक्त क्षेत्र सुरक्षा दृष्टिले संवेदनशील बनेको हो । यही कारण माइतीघर–बानेश्वर क्षेत्रमा हाल उच्च सतर्कता अपनाइएको छ ।

Skip This