कुलमान र खनालमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान गर्नुपर्छ: महेश बस्नेत

371
Shares

काठमाडौं । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले वर्तमान सरकारका दुई मन्त्री रामेश्वर खनाल र कुलमान घिसिङमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान थाल्नु पर्ने बताएका छन् ।

आज च्यासलस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले पूर्वसचिवसमेत रहेका खनाल र कुलमान लगायतमाथि पनि छानबिन गर्नुपर्ने बताएका हुन् ।

बस्नेतले घिसिङमाथि पनि दर्जनौँ उजुरी रहेको उल्लेख गर्दै छानबिन गर्नुपर्ने माग गरे ।

‘कुलमानजीमाथि अख्तियार, सम्पत्ति शुद्धीकरण विभाग र संसदीय समितिसम्ममा दर्जनौँ मुद्दा छन्। अब छानबिन त्यहाँबाट सुरु गर्ने कि नगर्ने?,’ उनले भने ।

उनले नयाँ चुनौतीलाई सामना गर्ने गरि अघि बढ्ने बताए । नेपाली युवाहरुलाई प्रयोग गरेर विदेशी शक्तिले राष्ट्रिय सम्पत्ति ध्वस्त बनाएको दाबी गरे ।

उनले विभिन्न बाहनामा आफ्नो बोली बन्द गर्न खोजिएको आपत्ति जनाए ।

Skip This