
काठमाडौं । जेनजी आन्दोलनका कारण नेपालमा पर्यटकको आगमन १८ प्रतिशतले घटेको छ । सन् २०२५ को सेप्टेम्बरमा ७८ हजार ७११ पर्यटक आएकामा गत वर्ष सन् २०२५ को सोही महिनामा ९६ हजार ३०२ जना पर्यटक नेपाल आएका थिए ।
भदौ २३ र २४ गते (सेप्टेम्वर ८ र ९ तारेख)मा भएको जेनजी आन्दोलनको असर पर्यटन उद्योगमा परेको छ । यही आन्दोलनका कारण नेपालमा एकै महिनाको पर्यटक आगमन १७ हजार ५९१ जनाले घटेको देखिएको छ ।
नेपाल आउने पर्यटकमा समुद्रि मुलुकबाट आउने पर्यटक ३२ प्रतिशतले बढेको देखिएको छ भने सार्क, सार्क अन्य, यूरोप, अमेरिका, मध्यपूर्व, अफ्रिका, र अन्य मुलुकबाट आउने पर्यटक गत वर्षको सेप्टेम्बरको तुलनामा यो वर्ष घटेको छ ।
यो वर्षको सेप्टेम्बरमा सार्कबाट २४ हजार पर्यटक आएका छन् । गत वर्ष सोही महिनामा ३३ हजार पर्यटक आएका थिए । सार्कका अन्य मुलुकबाट १२ हजार पर्यटक आएका थिए भने गत वर्ष यही गन्तव्यबाट १८ हजार आएका थिए ।
यूरोपबाट १६ हजार पर्यटक आएका छन । गत वर्ष यूरोपबाट नेपालमा १८ हजार पर्यटक आएका थिए । अमेरिकाबाट ११ हजार पर्यटक आएका छन् । गत वर्षको सेप्टेम्बरमा यो गन्तव्यबाट १२ हजार आएका थिए ।
मध्यपूर्वबाट यो वर्ष २३ हजार पर्यटक आएका छन् भने गत वर्ष यही गन्तव्यबाट आउने पर्यटकको संख्या २५ सय थियो ।
अफ्रिबाट नेपालमा यो वर्ष ३४४ जना मात्रै आएको छन् । यो गन्तव्यबाट गत वर्ष सेप्टेम्बरमा ४५९ पर्यटक आएका थिए ।
अन्य गन्तव्यबाट नेपालमा ३२ सय पर्यटक आएका छन् । गत वर्षको सेप्टेम्बरमा अन्य मुलुकबाट ४९ सय पर्यटक आएका छन् । कोभिडपूर्व सन् २०१९ को तुलनामा भने पर्यटक आगमन ८५ प्रतिशतले सेप्टेम्बरमा रिकभर भएको पनि तथ्यांकले देखाएको छ ।







प्रतिक्रिया