६२ देशका ५१६ पर्यटक दशैं अघिदेखि विभिन्न २३ हिमालको आरोहणमा

49
Shares

काठमाडौं । शरद ऋतु लागेसँगै भएको आरोहण अनुमतिमा विभिन्न ६२ देशका आरोहीले आरोहण अनुमति लिएर गएका छन् । पर्यटन विभागले सार्वजनिक गरेको दशैं अगाडि २३ सेप्टेम्बरसम्मको तथ्यांक अनुसार विभिन्न ६२ देशका ५१६ पर्यटक अहिले २३ वटा हिमालमा छन् ।

यीमध्ये सबैभन्दा धेरै मनास्लुका लागि आरोहण अनुमति लिएर गएको विभागले जानकारी दिएको छ । विभागका अनुसार मनास्लुमा मात्रै ३१ टीमका ३७४ टीमले अनुमति लिएका छन् । मनास्लुबाट सरकारले शरद ऋतु लागेसँगै दशैं अगाडिसम्ममा १५ करोड ७६ लाख रुपैयाँ रोयल्टीसमेत संकलन गरेको छ ।

विभागको तथ्यांक अनुसार सरिबुङमा ४ वटा, धौलागिरिमा ३ वटा, सगमारमाथामा २ वटा र हिमलुङ हिमालमा ३ वटा टोली गएका छन भने अरु सबैमा एकएक टोली छन् । यसमध्ये सबैभन्दा ठूलो टोली २४ जनासहितको धौलागिरिमा छ ।