युरोपेली मुलुक जर्जियामा भएको आन्दोलनमा देखियो नेपाली झण्डा (भिडियो)

658
Shares

एजेन्सी । पूर्वी युरोपमा रहेको मुलुक जर्जियामा भएको सरकारविरोधी प्रदर्शनमा नेपाली झण्डा देखिएको छ ।

राजधानी तबिलिसीमा राष्ट्रपति निवास नजिक एक प्रदर्शनकारीले नेपाली झण्डा बोेकेका थिए ।

नेपालमा जेनजीले गरेको आन्दोलनमा सरकार परिवर्तन भएको सन्दर्भलाई सम्झाउनका लागि प्रदर्शनकारीले त्यो झण्डा बोेकेका थिए ।

ओसी मिडियाका अनुसार, झण्डा बोक्नेले जर्जिया सरकारले नेपाली परिस्थिति निर्माण गरेको बताए । अर्थात्, जर्जिया सरकारले युवाको आवाज नसुनेको उनको भनाइ छ ।