
काठमाडौं । नेपाल वायुसेवा निगमको एउटा न्यारोवडी जहाजले ७८ यात्रु लिएर काठमाडौंबाट भैरहवास्थित गौतमबुध्द अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । निगमले अन्तर्राष्ट्रिय उडानको जहाजलाई सोमबार एक दिन एक उडानको लागि आन्तरिक उडानमा प्रयोग गरेको हो । निगमले एयरवसको ए३२० नामक न्यारोवडी जहाजमार्फत काठमाडौं–भैरहवा–काठमाडौंको लागि उडान गरेको हो ।
यस उडानमा निगमले काठमाडौंबाट ७८ जना यात्रु लिएर भैरहवा गएको छ भने फर्कदा १५८ जनाकै पूर्ण क्षमतामा यात्रु ल्याउँदै छ । निगमको जहाज दिउँसो १ बजे काठमाडौंबाट भैरहवा जाने तालिका भएपनि दुबइबाट जहाज फर्कदै ढिलो भएकोेले साढे ४ बजे मात्रै उडान गर्न सकेको निगमका प्रवक्ता सुवास डाँगीले बताए ।
उनका अनुसार सरकारले अलपत्र परेको र उद्दार उडान आवश्यक भएका यात्रुका लागि गरेको यस्तो उडानबाट केही हदसम्म राहत भएको बताएको छ ।
निगमले अन्तर्राष्ट्रिय उडानकोसमेत तालिकामा असर नगर्ने गरी उडान गर्नुपर्ने भएकोले थप उडानको संम्भावना भने कम भएको र नियमित अन्तर्राष्ट्रिय उडान नै गर्नुपर्ने बताएको छ ।







प्रतिक्रिया