चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार रोगप्रतिरोधक क्षमतामा काम गर्ने वैज्ञानिकहरूलाई दिइने

98
Shares

एजेन्सी । चिकित्साशास्त्रतर्फको सन् २०२५ को नोबेल पुरस्कार सोमवार घोषणा गरिएको छ ।

शरीरको रोगप्रतिरोधक क्षमताका विषयमा अनुसन्धान गरिरहेका तीनजना वैज्ञानिकहरू मेरी ई ब्रुनकाउ, फ्रेड राम्सडेल र शिमोन साकागुचीलाई पुरस्कृत गरिने भएको छ ।

उनीहरूलाई पेरिफेरल इम्युन टोलरेन्सका विषयमा गरेको खोजका लागि नोबेल पुरस्कार दिइने भएको हो ।