
काठमाडौं । गत् शुक्रबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुवानका कारण देशभरका १०५.४ मेगावाटको १३ आयोजनाको बिजुली उत्पादन अवरुद्ध भएको छ ।
आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यस्तो जानकारी दिएका हुन् ।
उनका अनुसार बिजुली उत्पादन बन्द गरेका १३ वटै आयोजना इलामस्थित छन् । मन्त्रालयका अनुसार बाढी, पहिरो र डुवानका कारण इन्टेक, पावर हाउस, सवस्टेशन, कल्भर्ट, हेडवक्र्स, एरियल गेट, प्रोटेक्सन वाल, टेलरेस, प्रशारण लाइन, डिसेन्डरलगायतका क्षति पुरयाएकाले १३ वटा जलविद्युत आयोजनाको बिजुली उत्पादन बन्द भएको हो ।
मन्त्रालयका अनुसार इलामको ४.५ मेगावाटको माइखोला हाइड्रोपावर, ८ मेगावाटको माइखेला क्यासकेड, २२ मेगावाटको माइखोला, ७ मेगावाटको माइखोला क्यासकेड, ७.८ मेगावाटको सुपरमाई, ९.६ मेगावाटको सुपरमाई ए, ३ मेगावाटको सुपरमाई एक क्यासकेड र ७.६ मेगावाटको जोगमाई खोला जलविद्युत आयोजनाको उत्पादन बन्द भएको छ ।
यस्तै ५.२ मेगावाटको जोगमाई क्यासकेड, ६.२ मेगावाटको तल्लो जोगमाई, ९.५ मेगावाटको माइबेनी हाइड्रोपावर, ९.९ मेगावाटको माथिल्लो माइखोला र ५.१ मेगावाटको माइसी क्यासकेड जलविद्युत आयोजनामा बाढी पहिरो र डुवानले क्षति पुर्याउँदा बिजुली उत्पादन बन्द भएको छ ।

यस्तै ९३.६ मेगावाट क्षमताको पाँच जलविद्युत आयोजनाको बिजुली उत्पादनमा ढिलाई हुने भएको छ ।
मन्त्रालयका अनुसार पाँचथरको २१.५ मेगावाटको सभा खोला बी, ९.९ मेगावाटको हेवाखोला, इलामको १० मेगावाटको सिद्धिखोला, सिन्धुपाल्चोकको ३६.५१ मेगावाटको ब्रम्हायणी हाइड्रोपावर र १५.१५ मेगावाटको अपर ब्रम्हायणी हाइड्रोपावरबाट बिजुली उत्पादन हुन ढिलो हुने भएको छ ।
बाढी पहिरो र डुवानका कारण ति हाइड्रोपावरको पावर हाउसमा पानीको प्रवेश, हेडवक्र्स, एक्सेस सडक, निर्माण सामग्री बगेको र पावर हाउस क्याम्पलगायतमा क्षति पुग्दा बिजुली उत्पादनमा ढिलाई हुने भएको हो ।







प्रतिक्रिया