
काठमाडौं । विपदजन्य अवस्थामा आम नागरिकको उद्दार गर्न निजी वायुसेवा कम्पनीहरु तयारी अवस्थामा रहेका छन् । वायुसेवा सञ्चालक संघले शनिवार एक प्रेस विज्ञप्ति जारी गरेर विपदको अवस्थामा नागरिकको उद्दार गर्न वायुसेवा सञ्चालक संघमा रहेका हेलिकप्टर कम्पनीहरु तयारी अवस्थामा रहेको जानकारी दिएका छन् ।
काठमाडौं उपत्यका भित्र हुने विपदजन्य घटनामा निजी हेलिकप्टरहरुले निःशुल्क उद्दा गर्ने घोषणा समेत गरेका छन्
यसका लागि उद्दार कार्यमा समन्वय गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई समन्वय अधिकारी तोक्न समेत वायुसेवा सञ्चालक संघले अनुरोध गरेको छ ।
हेलिकप्टर कम्पनीहरु समन्वय अधिकारीाको निर्देशन बमोजिम उद्दार कार्यमा परिचालन गर्न सहज हुने भनाइ पनि संघको छ ।







प्रतिक्रिया