सरकारले बन्द गर्यो मुग्लिन -नारायणगढ सडक खण्ड

238
Shares

काठमाडौं । सडक डिभिजन कार्यालय भरतपुरले मुग्लिन-नारायणगढ सडक खण्डमा निरन्तर वर्षाका साथै तुईन खोलालगायत अन्य स्थानहरूमा पहिरो खस्ने क्रम जारी रहेकाले उक्त सडक खण्ड आज ६ बजेदेखि पूर्ण रुपमा बन्द गरेको छ ।

कार्यालयले सूचना जारी गर्दै उक्त सडक खण्डमा सम्पूर्ण यातायातका सवारीसाधनको आवागमनमा रोक लगाईएको जानकारी गराएको छ ।