हिमालय सुगर मिल्सको व्यापार ४६.३५%ले घट्यो, २ अर्ब ऋण लिँदै

147
Shares

काठमाडौं । हिमालय सुगर मिल्सको व्यापार ४६.३५ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा ४६.३५ प्रतिशतले घटेको हो ।

कम्पनीले सन् २०२४ मा २ अर्ब १९ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । गत आवमा व्यापार घट्दा १ अर्ब १७ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ ।

कम्पनीले सन् २०२३ मा ३९ करोड ९० लाख रुपैयाँ, सन् २०२२ मा १ अर्ब २३ करोड ९० लाख रुपैयाँ र सन् २०२१ मा ८९ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०१० मा स्थापना भएको कम्पनीले सल्फर सुगर फ्रि उत्पादन गर्दै आएको छ । कम्पनीले स्वदेशी किसानहरुले उत्पादन गरेको ऊखुबाट चिनी उत्पादन गर्दै आएको छ । कम्पनीसँग दैनिक २५ सय टन उत्पादन क्षमता छ ।

कम्पनीले चिनी उद्योगबाट एक मेगावाट विद्युत पनि उत्पादन गर्दै आएको छ । सराफ परिवार र अग्रवाल परिवारको स्वामित्व रहेको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २ अर्ब १० करोड रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीको व्यापार सन् २०२३ मा घटेको थियो । सन् २०२४ मा व्यापार बढ्न गई नाफा बढेको थियो । सन् २०२५ मा व्यापार सकारात्मक रहेको कम्पनीले उल्लेख गरेको छ ।

सुमितकुमार अग्रवाल अध्यक्ष रहेको कम्पनीले गत आवमा ९.८ प्रतिशत नाफा कमाएको छ । सन् २०२३ मा नाफा कमाउन सकेको थिएन । तर, सन् २०२४ मा १८.९ प्रतिशत नाफा कमाएको थियो ।