हर्क साम्पाङले दिए नयाँ पार्टी खोल्न निवेदन

0
Shares

काठमाडौं । धरानका मेयर हर्क साम्पाङले ‘श्रम संस्कृति पार्टी’ नामक नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । उनी आफैं अध्यक्ष रहने गरी दल दर्ताका लागि निवेदन दिएका छन् ।

त्यस्तै, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले असोज ९ गते ‘नेपाल नागरिक पार्टी’ दर्ताका लागि निवेदन दिएका छन् भने साउन २७ गते ‘उज्यालो नेपाल पार्टी’ दर्ताका लागि पनि निवेदन परिसकेको छ ।

चालु आर्थिक वर्षमा आएका यी तीन निवेदनमाथि आयोगले दल दर्ता सम्बन्धी कानुनअनुसार प्रमाण र विवरण अध्ययन गरिरहेको छ । अपूर्ण वा सच्याउनुपर्ने विवरण भए सम्बन्धितलाई पत्राचार गरिने आयोगले जनाएको छ। दर्ता प्रक्रिया पूरा भएमा निवेदन परेको ४५ दिनभित्र दल दर्ता गर्ने कानूनी व्यवस्था छ ।