
एजेन्सी । भारतको लद्दाखमा बुधवार हिंसा भड्काउनका लागि उत्तेजक बयान दिएको आरोपमा वातावरण अभियन्ता सोनाम वाङचुकलाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ ।
वाङचुकले शुक्रवार प्रेस सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम थियो तर मिडियासँग बोल्नुअघि नै उनलाई पक्राउ गरिएको हो ।
उनले लद्दाखलाई पूर्ण राज्य बनाउन र संविधानको छैटौं अनुसूचीमा राख्नका लागि भोक हडताल लगायतका विरोध प्रदर्शन गर्दै आएका छन् ।
बुधवार विरोध प्रदर्शन हिंस्रक भएपछि चारजनाको मृत्यु भएको थियो भने दर्जनौं मानिस घाइते भएका थिए ।
वाङचुकलाई पक्राउ गरिएसँगै लेहमा इन्टरनेट सेवा पनि अवरुद्ध गरिएको छ ।
भारतको केन्द्र सरकारको गृह मन्त्रालयले वाङचुकको उत्तेजनात्मक भाषणका कारण हिंसा भड्किएको आरोप लगाएको छ ।
वाङचुकले लद्दाखीहरूको माग सम्बोधन नभएमा नेपालमा जस्तै हिंसा हुने बयान दिएका थिए ।








प्रतिक्रिया