
एजेन्सी । भारतको छत्तीसगढ राज्यमा माओवादीहरूले सुरक्षाकर्मीसमक्ष धमाधम आत्मसमर्पण गर्न थालेका छन् ।
आत्मसमर्पण गरेका माओवादीहरूबाट प्राप्त सूचनाका आधारमा सुरक्षाकर्मीहरूले ठूला कारवाही गरिरहेका हुन् ।
स्वयं नक्सली माओवादीहरूले पनि आफ्ना ठूला नेतालाई सुरक्षाकर्मीहरूले हत्या गर्नका लागि सूचना आत्मसमर्पण गरेकाहरूले नै दिएको स्वीकार गरेका छन् । यस विषयमा माओवादीहरूले एक पत्र पनि जारी गरेका छन् ।
त्यस पत्रमा आत्मसमर्पण गरेका व्यक्तिहरूले नै सुरक्षाकर्मीलाई सूचना दिएको उल्लेख छ ।
नारायणपुरमा मारिएका दुईजना शीर्ष नेतालाई सूचनाकै आधारमा पक्राउ गरी हत्या गरिएको माओवादीका प्रवक्ताले बताएका छन् । इन्काउन्टरमा मारिएका शीर्ष नेता राजु दादाले मर्नुअघि लेखेको पत्रमा ठूलो जोखिमको चेतावनी दिइएको थियो । शीर्ष नेताहरूमाथिको निगरानी बढाइएको त्यसमा उल्लेख गरिएको थियो ।
गत सोमवार सुरक्षाकर्मीहरूले नारायणपुरमा ठूलो कारवाही चलाउँदा माओवादीका दुई शीर्ष नेता मारिएका थिए । उनीहरूका विरुद्ध ६ वटा राज्यमा ३ करोड ६० लाख भारुको इनाम घोषणा गरिएको थियो ।
सुरक्षाकर्मीहरूले लगातार माओवादी नेतालाई मारेपछि अहिले संगठन छिन्नभिन्न भएको छ ।








प्रतिक्रिया