
काठमाडौं । एसवाई प्यानल नेपालले एकै वर्ष ७९ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा उच्च कारोबार गरी व्यापारमा नयाँ रेकर्ड कायम गरेको हो ।
सन् २०२४ मा ६३ करोडको कारोबार गरेको कम्पनीले सन् २०२३ मा ५२ करोड २० लाख रुपैयाँ, सन् २०२२ मा ४१ करोड ६० लाख रुपैयाँ र सन् २०२१ मा ४५ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीको व्यापार हरेक वर्ष बढ्दो क्रममा देखिएको छ । कम्पनीकाअनुसार पछिल्लो तीन वर्षदेखि कम्पनीको व्यापार २० देखि २५ प्रतिशतसम्म बढेको छ । कम्पनीको व्यापार सन् २०२५ मा २५ प्रतिशतले बढेको पाइएको छ ।
सन् २०१७ मा स्थापना भएको कम्पनीले पोलिस्ट्रिन (इपीएस) र पोल्यूरेथेन फम स्यान्डविच प्यानल, यूपीभीसी झ्याल, स्टिल ढोका र इपीएस सामग्री उत्पादन गर्दै आएको छ । कम्पनीले विशेषगरी घर बनाउन प्रयोग हुने सामग्री उत्पादन गर्दै आएको छ ।
कम्पनी दक्षिण कोरियाको एसवाई कम्पनी लिमिटेडको सहायक कम्पनी हो । कम्पनीमा ६३ प्रतिशत स्वामित्व दक्षिण कोरियाको एसवाईको रहेको छ भने बाँकी स्वामित्व नेपाली कम्पनी एसवाईको रहेको छ ।
चितवनमा उद्योग रहेको कम्पनीको देशभर ६५ डिलर छन् । नेपालमा ठूला ठूला प्यानल कम्पनी छन् । त्यसमा थोरै लगानीमा सुरु भएको कम्पनीले नेपाली बजारमा उच्च प्रतिस्पर्धा गर्दै आएको छ । कम्पनीले आफ्नो कारोबार निकै सकारात्मक रहेको जनाएको छ ।







प्रतिक्रिया