ह्वाइट हाउसमा ट्रम्पको मजाक, बाइडनको साटो अटोपेनको तस्बिर

308
Shares

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसको वेस्ट विङबाहिर प्रेसिडेन्सियल वाक अफ फेम बनाएका छन् ।

त्यहाँ एउटा करिडोरमा अमेरिकाका अहिलेसम्मका सबै राष्ट्रपतिको श्यामश्वेत तस्बिरलाई सुनौलो फ्रेम बनाएर झुण्ड्याइएको छ ।

तर, आफ्ना पूर्ववर्ती जो बाइडनको तस्बिरको साटो अटोपेनको चित्र राखेर ट्रम्पले मजाक गरेका छन् ।

बाइडनले बुढ्यौली उमेरका कारण आफैं केही काम गर्न नसक्ने अनि उनको नाममा अरू कसैले अटोपेन उपयोग गरेर हस्ताक्षर गरिदिने गरेको ट्रम्पले दाबी गर्दै आएका छन् । गत जुन महिनामा उनले बाइडन राष्ट्रपति हुँदा गरेका काम र अटोपेनको उपयोगका विषयमा छानबिन गर्नका लागि निर्देशन दिएका थिए ।

तर, बाइडनले ट्रम्पको आरोप खण्डन गरेका छन् । आफू राष्ट्रपति हुँदा कार्यकारी निर्देशन, विधेयक, माफी र घोषणाहरूमा आफैं हस्ताक्षर गर्ने गरेको बाइडनको दाबी छ ।

बाइडनको तस्बिरको साटो अटोपेन राख्ने निर्णय ट्रम्पले धेरै अघि नै सार्वजनिक गरेका थिए ।