
एजेन्सी । भारतको बंगलुरुबाट बनारसका लागि उडेको एयर इन्डियाको विमानमा यात्रुले ककपिटमा पस्न खोज्दा हंगामा भएको छ ।
उडान आई–एक्स १०८६ मा उक्त घटना भएको हो ।
ती यात्रु ककपिट क्षेत्रमा प्रवेश गरेका थिए र उनले सही पासकोड पनि हानेका थिए ।
तर, हाइज्याक हुन लागेको ठानेर पाइलटले ढोका खोल्न अस्वीकार गरेका थिए ।
ती यात्रुले आठजना साथीहरूसँग उडान गरेको बताइएको छ ।
विमान अवतरण हुनेबित्तिकै नौ यात्रीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।
एयर इन्डियाले घटना भएको स्वीकार गर्यो र विमानको सुरक्षा प्रोटोकलमा सम्झौता नगरिएको जनायो ।








प्रतिक्रिया