सञ्चार मन्त्रीको पहिलो निर्णय- १० प्रमुख शहरमा नि:शुल्क इन्टरनेट

3.7k
Shares

काठमाडौं । नयाँ सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदिश खरेलले देशका प्रमुख १० शहरका सार्वजनिक स्थलमा आगामी पाँच महिनाभित्र नि:शुल्क इन्टरनेट सुविधा उपलब्ध गराउने निर्णय गरेका छन् ।

सोमबार सपथ ग्रहणपछि मन्त्री खरेलले आज मन्त्रालयमा जिम्मेवारी सम्हाल्दै खरेलले कर्मचारीले प्रस्तुत गरेको प्रारम्भिक प्रस्तावमा केही संशोधन गराएर उक्त निर्णय लिएका हुन्।

उनको निर्देशनअनुसार काठमाडौं बाहिरका प्रमुख १० शहरका सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट सुविधा विस्तार गरिनेछ ।