
एजेन्सी । अमेरिकाले एच–१बी भिसा अर्थात् वर्किङ भिसाको शुल्क १ लाख डलर बनाएपछि त्यहाँ काम गर्न जान खोज्ने मानिसको संख्या घट्ने अपेक्षा गरिएको छ । विशेषगरी भारतीयहरूलाई यसले बढी असर गर्नेछ ।
यता चीनले विज्ञान र प्रविधि क्षेत्रका व्यावसायिक युवालाई आकर्षित गर्नका लागि के भिसा ल्याएको छ । अक्टोबर १ देखि लागू हुने यो भिसाले चीन प्रवेश गर्न र बाहिरिन सहज बनाउनेछ ।
सान्दर्भिक चिनियाँ अधिकारीहरूले तोकेको योग्यता र आवश्यकता पूरा गर्ने निवेदकहरूले जरुरी कागजात बुझाएर भिसा निवेदन दिन पाउनेछन् ।
विश्वभरिबाट प्रतिभाशाली मानिस आएर काम गर्न पाएमा चीनको वृद्धिमा योगदान पुग्ने चिनियाँ अधिकारीहरूको भनाइ छ ।
यता अमेरिकाले चाहिँ आइतवारबाट एच–१बी भिसा निवेदनका लागि १ लाख अमेरिकी डलर तिर्नुपर्ने व्यवस्था गरेको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले यस नियममा हस्ताक्षर गरिसकेका छन् ।
अमेरिकीहरूको रोजगारी तथा देशको राष्ट्रिय सुरक्षा सुनिश्चित गर्नका लागि यो कदम चालिएको ट्रम्पको भनाइ छ ।
उनले ट्रम्प गोल्ड कार्ड भिसा कार्यक्रम पनि ल्याएका छन् । त्यसअन्तर्गत अमेरिकामा बसोवास गर्न चाहने व्यक्तिहरूले १० लाख डलर तिरेमा भिसा पाउनेछन् ।








प्रतिक्रिया