
काठमाडौं । सम्पति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वऊर्जामनत्री दीपक खड्काको घरमा भेटिएको पैसाको विषयमा अनुसन्धान गर्न सुरु गरेको छ ।
जेनजी आन्दोलनको क्रममा आन्दोलनकारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वऊर्जामन्त्री दीपक खड्काको घरमा तोडफोड गरी आगजनी गरेका थिए ।
तोडफोड र आगजनी भएको समयमा ति दुवै नेताको घरमा ठूलो परिमाणमा पैसा फेला परेको भिडियोहरू सार्वजनिक भएको थियो ।
खड्काको घरमा अमेरिकी डलरसमेत उडाइएको भिडियोहरू सार्वजनिक भएको थियो भने कतिपय नोटहरू डढेको अवस्थामा फेला परेका थिए ।
देउवाको घरमा पैसा राख्नका लागि सुरुङसमेत बनाइएको भिडियोहरू सार्वजनिक भएका थिए । यद्दपि देउवाको सचिवालयले पानी ट्यांकीलाई सुरुङ भनि चर्चा गरिएको भन्दै विज्ञप्तिसमेत जारी गरेको थियो ।
विभागको टोलीले देउवा र खड्का निवास पुगेर मुचुल्का उठाउने काम गरेको स्रोतको भनाइ छ ।








प्रतिक्रिया