
काठमाडौं । जेनजी आन्दोलनका बेला क्षतिग्रस्त सवारीसाधन र मेसिन कवाडीका रूपमा लिलाम बिक्री गरिने भएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको अर्थमन्त्री रामेश्वर खनालले बताए ।
खनालका अनुसार खाताबाट यस्तो सामान मिनाहा गर्ने र कवाडीका रूपमा लिलाम बिक्री गर्ने निर्णय भएको हो ।
केन्द्रका हकमा सहरी विकास मन्त्रालय र जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरी त्यस्तो समितिले यो काम गर्नेछ ।
आन्दोलनमा भएको क्षतिको आकलन गर्न सरकारले समिति समेत बनाउने भएको छ ।







प्रतिक्रिया