नक्कली शरणार्थी काण्डको अनुसन्धान गरेका केसीलाई सरकारले बनायो सीआईबी प्रमुख

1.5k
Shares

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखमा एआईजी मनोज केसी सरूवा भएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाएका अतिरिक्त प्रहरी महानिरीक्षक केसीलाई आइतबार बसेको मन्त्रिपरिषदको बैठकले सीआईबी प्रमुखको जिम्मेवारी दिएको हो ।

भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरी पूर्व गृहमन्त्री बालकृष्णा खाँड, एमाले नेता टोपबहादुर रायमाझी लगायत व्यक्ति पक्राउ गरेपछि तत्कालीन सरकारले केसीले सीआईबीबाट सरूवा गरिएको थियो ।

सीआईबी फर्किनु अघि केसी प्रदेश समन्वय विभागमा छन् । केसी एसएसपीका रुपमा उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्वमा रहेकै बेला भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सुरु भएको थियो ।

उनी नेतृत्वको अपराध अनुसन्धान कार्यालयले १२ चैत २०७९ मा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असुली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । दुलाल र भण्डारीको बयानबाट भुटानी शरणार्थी प्रकरणमा गृह मन्त्रालयका उच्च पदस्थहरु अधिकारीहरु प्रकरणमा संलग्न रहेको खुलेको थियो ।

प्रहरी प्रमुख कुवँरलाई बाईपास गरेर तत्कालीन गृहमन्त्री रवि लामिछानेले सीआईबी तत्कालीन प्रमुख श्याम ज्ञवाली र केसीकै सहयोगमा प्रहरी संगठन चलाएको आरोप लाग्ने गरेको थियो ।

केसी नेतृत्वको अपराध अनुसन्धान कार्यालयले १२ चैत २०७९ मा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असुली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो ।

दुलाल र भण्डारीको बयानबाट भुटानी शरणार्थी प्रकरणमा गृह मन्त्रालयका उच्च पदस्थहरु अधिकारीहरु नै यो प्रकरणमा संलग्न रहेको खुलेको थियो ।

यसअघिका सीआईबी प्रमुख चन्द्रकुबेर खापुङ प्रहरी महानिरीक्षक बनेपछि सीआईबी कार्यवाहकको भरमा चलिरहेको थियो ।