हमासले सार्वजनिक गर्‍यो नेपालका विपिनसहित ४८ बन्दीको ‘बिदाइ तस्बिर’

735
Shares

काठमाडौं । हमासले नेपालका विपिन जोशीसहित ४८ इजरायली बन्दीको ‘बिदाइ तस्बिर’ सार्वजनिक गरेको छ।

इजरायली सेनाले गाजा सहर कब्जा गर्ने कारबाही तीव्र पारेका बेला हमासले ४८ इजरायली बन्दीको ‘बिदाइ तस्बिर’ सार्वजनिक गरेको हो।

सार्वजनिक गरिएका तस्बिरमा नेपालका विपिन जोशी पनि रहेका छन्। विपिनको परिवारले भने,ʻयसबारे आधिकारिक जानकारी आएको छैन। हामीले इजरायलमा सम्पर्क गरिरहेका छौँ।ʼ

शनिवार सार्वजनिक तस्बिरमा जीवित र मृत दुवै बन्धकहरूको अनुहार देखाइएको जनाइएको छ । इजरायलले गाजा कब्जा गर्न अघि बढेपछि बन्धकहरूको बिदाइ तस्बिर भन्दै सार्वजनिक गरिएको हो ।

जसलाई रोन अराड भनेर शीर्षक दिइएको थियो, जुन १९८६ मा लेबनानमा हराएका इस्रायली वायुसेनाका क्याप्टेनको सन्दर्भ हो ।