
काठमाडौं । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले राजिनामा दिएका छन् । न्यौपानेको राजिनामा बैंक सञ्चालक समितिले स्वीकृत गरी वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सन्तोस राठीलाई कायम मुकायम सीईओको जिम्मेवारी दिएको छ ।
न्यौपानेले दिएको राजिनामा बिहीबार बसेको सञ्चालक समिति बैठकले स्वीकृत गरेको छ । पारिवारिक कारण देखाउँदै उनले बैंकको सीईओबाट राजिनामा दिएका हुन् ।
पारिवारिक कारणले बैंकमा समय पनि दिन नसकिएकाले राजिनामा दिएको र राजिनामा स्वीकृत समेत भइसेकेको न्यौपानेले बताए । न्यौपाने बैंकमा पहिलो कार्यकलको ४ वर्ष पुरा गरी दोस्रो कार्याकालका लागि पुनः नियुक्त भएका थिए । दोस्रो कार्यकाल सकिन धेरै समय भने बाँकी थिएन ।







प्रतिक्रिया