
काठमाडौं । बन्दीपुर केबलकारको आईपीओ बाँडफाँड भएको छ । सोमबार बन्दीपुर केबलकार एण्ड टुरिजमको बिक्री प्रबन्धक नेपाल एसबआई मर्चेन्ट बैंकिङमा आईपीओ बाँडफाँड भएको हो ।
कम्पनीले भदौ ११ देखि १५ गतेसम्म सर्वसाधारणका लागि ४३ लाख ४१ हजार ८० कित्ता सेयर निष्काशन गरेको थियो । जसमा २५ लाख १२ हजार १२२ जनाले आवेदन दिएका थिए । त्यसमध्ये ४ लाख ३४ हजार १ सय ८ जनाले १०–१० कित्ताका दरले सेयर पाएका छन् । अन्य २० लाख ७८ हजार १४ जनाको भने हात रित्तो भएको छ ।
कम्पनीले जारी पुँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७०६७ प्रतिशत अर्थात् ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता सेयर निष्काशन गरेको थियो । जसमध्ये आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ५ लाख ६६ हजार कित्ता, वैदेशिक रोजगारीमा रहेकाका लागि ५ लाख २९ हजार ४०० कित्ता, कर्मचारीका लागि १ लाख ५८ हजार ८२० कित्ता तथा सामूहिक लगानी कोषका लागि २ लाख ६४ हजार ७०० कित्ता सेयर बाँडफाँड गरी बाँकी रहेको ४३ लाख ४१ हजार ८० कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको थियो ।







प्रतिक्रिया