
काठमाडौं । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । जेनजीको आन्दोलनका क्रममा आगजनी भएको शीतल निवासको प्राङ्गणमा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई पद तथा गोपनीयताको सपथ दिलाएका हुन् ।
खनाल अर्थ मन्त्री बन्दा कुलमानलाई प्रधानमन्त्री सुशीला कार्कीले ऊर्जामन्त्री, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिएकी हुन् । त्यस्तै बालेनका कानुनी सल्लाहकार ओमप्रकाश अर्यालले गृहमन्त्री, कानून तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
सपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, नेपाल सरकारका विशिष्ट अधिकारीलगायतको सहभागिता रहेको थियो ।































प्रतिक्रिया