
काठमाडौं । महालक्ष्मी विकास बैंकले पोखरा लेकसाइड पोखरा शाखाका ग्राहकले नजिकका शाखाबाट सेवा लिन आग्रह गरेको छ । बैंकको लेकसाइड पोखरा शाखा रहेको भवन पुर्ण रुपमा क्षतिग्रस्त भएको र उक्त शाखा कार्यालयबाट प्रवाह हुने बैकिङ्ग सेवाहरु नजिकको शाखा कार्यालयहरु मार्फत लिन सकिने बैंकले जनाएको हो ।
साथै बैंकको लेकसाइड पोखरा शाखा बाहेक अन्य सम्पुर्ण १०२ शाखा कार्यालयहरु पुर्ण रुपमा सेवा सञ्चालनमा आइसकेको तथा बैंकको सम्पूर्ण डिजिटल सेवाहरु सुरक्षित रुपमा सञ्चालन भईरहेको व्यहोरा समेत जानकारी गराएको छ ।







प्रतिक्रिया