दमकमा कजारियाको नयाँ शोरूम, बेलडाङी रोडमा भव्य उद्घाटन

168
Shares

दमक । अग्रणी टाइल ब्रान्ड कजारियाले झापाको दमकमा अत्याधुनिक शोरूम उद्घघाटन मार्फत नेपालभरि आफ्नो उपस्थिति थप सुदृढ गरेको छ । न्यू कोहिनूर ग्रेनाइट एण्ड टाइल्स द्वारा सञ्चालित यस नयाँ शोरूमले उच्चस्तरीय टाइलको बढ्दो मागपूर्ति गर्नुका साथै ग्राहकहरूलाई एक समकालीन, डिजाइन केन्द्रित खरिद अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।

उद्घघाटन समारोहमा सम्मानित दमक नगरपालिकाका मेयर राम कुमार थापाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा कजारिया रमेश टाइल्स लिमिटेडका नर्देशक हिमांशु अग्रवाल समेत उपस्थित थिए । कार्यक्रमलाई थप उर्जावान बनाउन मिस नेपाल वल्र्ड २०२५ लुना लुइटेल र मिस नेपाल इन्टरनेशनल २०२५, उरुषा भण्डारीको उपस्थिति थियो ।

राम कुमार थापाद्वारा रिबन काट्दै नेपालमा कजारियाको यो नयाँ अध्यायको औपचारिक सुरुवात गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै रामकुमार थापाले भने, ‘यो शोरूम संचालाना गुणस्तर र डिजाइनले कसरी हाम्रो घर र समुदायलाई रूपान्तरण गर्न सक्छ भन्ने उत्कृष्ट उदाहरण हो। हामी दमकमा कजारियाको लगानीलाई स्वागत गर्दछौं, र यो शोरूमले हाम्रो क्षेत्रमा आन्तरिक सजावट समाधानहरूको स्तर उकास्न महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने मलाई विश्वास छ ।’

साथै कजारिया रमेश टाइल्स लिमिटेडका नर्देशक हिमांशु अग्रवालले कजारियाको ग्राहक–केन्द्रित दृस्टीकोणलाई उजागर गर्दै भने, ‘काजारियामा हाम्रो लक्ष्य सधैं अन्तर्राष्ट्रिय स्तरको गुणस्तर र डिजाइनलाई सबैको पहुँचमा ल्याउनु हो । यो शोरूम प्रेरणादायी बनाउने उद्देश्यले निर्माण गरिएको हो, जसले दमकका ग्राहकहरूलाई नवीन, टिकाउ र स्टाइलिश टाइलहरूको विस्तृत चयनसँग प्रत्यक्ष जोड्नेछ ।’

कजारिया रामेश टाइल्स लिमिटेडले नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेर नेपालको टायल उद्योगमा नयाँ कीर्तिमान स्थापित गरेको छ । विश्वस्तरीय मापदण्ड अनुसार तयार गरि अत्याधुनिक प्रविधिद्वारा निर्मित काजारिया रामेश टाइल्स लिमिटेडले आधुनिक सजावटका बदलिँदो रुचिहरूलाई ध्यानमा राख्दै ४ हजार भन्दा बढी विशेष डिजाइन विकल्पहरू प्रस्तुत गर्दछ ।