
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले आफ्नो घर जलाउने व्यक्ति सार्वजनिक गरेका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस तथा तस्बिर राख्दै बस्नेतले आफ्नो घर जलाउने व्यक्ति सार्वजनिक गरेका हुन् ।
भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा बस्नेतको घरमा आगजनी तथा तोडफोड भएको थियो । उक्त आगजनी तथा तोडफोडमा संलग्न भन्दै बस्नेतले सामाजिक सञ्जालमा एक व्यक्तिको तस्बिर राखेका छन् ।
‘मेरो घरमा आगो लाउने मुख्य लिडर यो निलो सर्ट लाउने केटो दिपक बिक भन्ने रहेछ । यसको घर जाजरकोट रहेछ । यो भक्तपुरमा कोठा गरी बस्दो रहेछ,’ बस्नेतले लेखेका छन्, ‘अहिले यसको कोठा बन्द छ । अहिले भागेर घर जान खोज्दै रहेछ। बसपार्क क्षेत्रमा छ भन्ने सूचना आयो साथीहरुले तुरुन्तै यसलाई समातेर प्रहरीकोमा बुझाइदिनु ।’

यस्तै, शनिबार पनि बस्नेतले यस्तै प्रकृतिको स्टाटस राखेका थिए ।









प्रतिक्रिया