
काठमाडौं । छिटो नयाँ सरकार बनाएर मुलुकले निकास पोओस् भन्ने कामना नेपाल उद्योग परिसंघले गरेको छ । परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले जेनजीको आन्दोलनको कारण निजी क्षेत्रमाथिको आक्रमण र आन्दोनलका क्रममा ज्यान गुमाउनेहरुप्रति दुःख व्यक्त गरेका छन् ।
सीएनआईले अन्तरिम सरकार जति छिटो बन्छ मुलुकले त्यति नै छिटो निकास पाउने बताउँदै सरकार बनेपछि आर्थिक गतिविधिसमेत चलायमान हुने अपेक्षा गरेको पाण्डेले बताए ।
भदौ २३ गतेदेखि भएको जेनजीको आन्दोल र २४ को ध्वंसात्मक गतिविधिपछि केपी शर्मा ओलीले राजीनामा दिएका छन् । ओलीले राजीनामा दिएको भएपनि नयाँ सरकार बन्ने विषयले अझैं टुंगो पाएको छैन् ।
सरकार नबनेसम्म अवस्था जटिल नै रहेकोले पनि शीध्र रुपमा नयाँ सरकार बनाउनुपर्ने बुझाइ उनको छ । निजी क्षेत्रमा के कति क्षति भयो, यसको मूल्यांकन पनि तत्काल हुन नसकेको भन्दै पाण्डेले भने ‘पहिले दैनिक गतिविधि खुल्ने वातावरणसम्म गर्ने र त्यसपछि मात्रै सीएनआईले व्यवसायिक हकहितका लागि ठोस काम गर्ने पनि बताए ।








प्रतिक्रिया