
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शखर गोल्छाले निजी क्षेत्रमाथि भएको विभत्स आक्रमणबाट निराश र विचलित नभएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा जेनजीले गरेको प्रदर्शन र आगलागीबाट भएको क्षतीको एक तस्बिर पोष्ट गर्दै अझै सशक्त रूपमा रोजगारी सिर्जना गर्न र लगानी गर्न प्रतिवद्ध रहेको बताएका छन् ।
‘देशमा सकारात्मक परिवर्तन सहित नयाँ पुस्ताले देखेको नयाँ नेपालको सपना पूरा होस्,’ गोल्छाले भनेका छन्, ‘केही व्यवसायी माथि भएको विभत्स आक्रमणबाट हाम्रो परिवार पनि प्रभावित भयो तर म र मेरो परिवार निरास वा विचलित भएको छैन ।’
‘आजको सुनौलो विहानीसँगै देश सकारात्मक दिशातर्फ अघि बढोस्, लोकतन्त्र अझै सुदृढ होस् भन्ने कामना गरेको छ । ‘अझै सशक्त रूपमा रोजगारी सिर्जना गर्न र लगानी गर्न प्रतिवद्ध रहेको विश्वास दिलाउन चाहन्छु,’ गोल्छाले भनेका छन्, ‘अन्धकार पछिको उज्यालोले हामी सबै नेपालीलाई सद्भाव र एकता कायम गर्न अझै बल मिलोस् ।’
भदौ २४ गते मंगलबार प्रदर्शनकारीले गोल्छाको निवासमा तोडफोड, लुटपाट तथा आगजनी गरेका थिए ।








प्रतिक्रिया