
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सवै परीक्षा तत्कालका लागि स्थगित गरेको छ ।
विश्वविद्यालयले भदौं २२ गतेदेखि सञ्चालन हुने भनिएको ४ वर्षे स्नातक तह दोश्रो वर्ष(आँशिक तथा मौका) का परीक्षाहरुमध्ये भदौं २७ गतेदेखिको कार्यतालिकाअनुसार बिहान र दिउँसो सञ्चालन हुने जनाएको छ । यो परीक्षा यसअघि तोकिएको स्थानमा हुने भनिएको छ ।
यसबाहेक बाँकी सबै परीक्षाहरु अर्को सूचना प्रकाशित नहुँदासम्मको लागि हाललाई स्थगित गरिएको त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।







प्रतिक्रिया