
काठमाडौं । आगामी सरकारको नेतृत्वमा कसलाई पठाउने भन्ने विषयमा जंगी अड्डा बाहिर जेनजी समूहबीचमै विवाद भइरहेको छ ।
यो समूहमध्ये कसैले सुशीला कार्की, कसैले बालेन शाह, कसैले हर्क साङ्पाङको नाम लिएका छन् भने कसैले जेनजी पुस्ताबाटै विकल्प खोज्नुपर्छ भनेर विवाद गरेका छन् । बिवाद बढेसँगै नेपाली सेनाले भने संयोजकसहित सहमति गरेर भोलि आउन आग्रह गरेको छ ।
सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई अघि बढाउने प्रस्ताव भएपनि सहमति भने हुन सकेको छैन । अहिले नेपाली सेनाको मुख्यालयमा जेनजी युवाहरूले नयाँ नेतृत्वको विषयलाई लिएर प्रदर्शन भइरहेको छ।
उनीहरूले कार्की नयाँ नेतृत्वमा आउन नहुने भन्दै विरोध गरिरहेका हुन् । कार्कीले भने जेनजीले रुचाए सरकारको नेतृत्व गर्न तयार भएको प्रतिकृया एक भारतीय सञ्चारमध्यमलाई दिइसकेकी छन् । कार्कीलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले समेत समर्थन गरेको पाइएको छ ।

जंग्गीअड्डामा उपस्थित भीडले भने काठमाडौं महानगरका मेयर बालेन, धरान उपमहानगरका मेयर हर्क वा अन्य कुनै अरु व्यक्ति चाहिने भन्दै नाराबाजी गरिरहेका छन् ।
संवेदनशील समयमा विकास हुने घटनाक्रमको नेतृत्व गर्नका लागि कानून र विधिको रक्षा गर्नसक्ने इमान्दार छवि भएको व्यक्ति हुनुपर्ने भएकाले कार्कीको नाम प्रस्ताव गरिएको जेनजी समूहकै केही समूहले तर्क दिइरहेका छन् ।
साङ्पाङ भने केही समर्थकसहित जंगी अड्डा पुगेका थिए ।








प्रतिक्रिया