धादिङ कारागारबाट कैदी भाग्न खोजेपछि सेनाले चलायो गोली चलायो, २ जनाको मृत्युसहित ७ घाइते

63
Shares

काठमाडौं । धादिङ कारागारबाट कैदी भाग्न खोजेपछि सेनाले गोली चलाएकोे छ । नेपाली सेनाको गोली लागेर २ जनाको मृत्यु भएको छ भने ७ घाइते भएका छन् । घाइतेको उपचारको लागि काठमाडौं ल्याइदै छ । जिल्ला कारागार कार्यालय धादिङबाट कैदीबन्दी भाग्न खोजेपछि सेनाले गोली चलाएको उल्लेख छ।

धादिङकै बेनिघाट रोराङ गाउँपालिका ४ का ७५ वर्षीय जितबहादुर घले र नवलपरासी पश्चिमको सुनवल नगरपालिका १२ का ३६ वर्षीय इन्द्रबहादुर डालाको मृत्यु जिल्ला प्रशासन धादिङले जानकारी दिएको छ ।

घटनामा सात जना घाइते भएको जिल्ला प्रशासन धादिङले जानकारी दिएको छ । घाइतेहरू मानव बेचबिखन, जबरजस्तीकरणी र लागुऔषध मुद्दामा जेल सजाय भोगिरहेकाहरू छन्। गोली दिउँसो साढे २ बजे चलेको थियो।