डिल्ली बजारका कैदीबन्दीको प्रश्न ‘रवि लामिछानेलाई निकाल्ने, हामीलाई आर्मीले बन्दुक तेर्साएर रोक्ने’?

0
Shares

काठमाडौं । डिल्लीबजारका कैदीबन्दीले आफूहरुपनि बाहिर निस्कन पाउँ भन्दै कारागार भित्र आगो लगाइदिएका छन् । उनीहरुलाई नेपाली सेनाले रोक्दारोक्दै पनि गेट फोडेर बाहिर निस्किएका छन् ।

बाहिर सडकमा निस्किएका एक कैदीबन्दीले प्रश्न गर्दै भने ‘रवि लामिछेनलाई कागज बनाएर निकाल्न हुने हामीलाई आर्मीले बन्दुक तेर्साएर रोक्ने’?

बाहिर निस्कन खोजेका कैदीबन्दीलाई नेपाली सेनाले गेटबाहिरी छेकेर राखेको छ । नेपाली सेनाले उनीहरुलाई भाग्न दिएको छैन् ।