उद्दार पर्खिएका विदेशीलाई सेनाले भन्योः सुरक्षा निकायसँग समन्वय गर्नुहोला

7
Shares

काठमाडौ । विभिन्न उद्देश्य राखेर नेपाल आएका र जटिल परिस्थितिको कारण अलपत्र परेका विदेशी नागरिकलाई उद्दारका लागि नजिकैको सुरक्षा निकाय वा तैनाथ सुरक्षाकर्मीसँग सम्पर्क गर्न सेनाले सूचना जारी गरेको छ ।

सेनाले विदेशी नागरिकहरुसँग सम्बन्धित होटेल, पर्यटन व्यवसायी वा अन्य संघसंस्थाले उद्दार र सहयोगको लागि समन्वय गरिदिन आग्रह गरेको छ ।