
काठमाडौ । नेपाली सेनाले जेनजी नेतृत्वमा भएको आन्दोलनको क्रममा सुरक्षाकर्मीबाट लुटिएको हातहथियार, गोलीगठ्ठा र सुरक्षा सामग्री सुरक्षा निकायलाई बुझाउन सूचना जारी गरेको छ ।
यस्ता हातहथियार र गोलीगठ्ठा घरछिमेकमा कसैले राखेको जानकारी भएमा तत्कालै सुरक्षा निकायलाई जानकारी गराउँदै सेनाले लुटिएका हथियार र गोलीगठ्ठा नबुझाई सुरक्षा जाँचको क्रममा फेला परे त्यस्ता व्यक्तिमाथि कानूनअनुसार कडा कारवाही हुने स्पष्ट पारेको छ । यसका साथै सुरक्षा निकायको पोशाकहरु अनाधिकृत रुपमा प्रयोग नगर्न पनि सेनाले सूचना जारी गरेको छ ।







प्रतिक्रिया